पत्रकार महासंघ रामेछापले मनायो १९ औं साधारणसभा

पत्रकार महासंघ रामेछापले मनायो १९ औं साधारणसभा

नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले १९ औं साधारणसभा मनाएको छ । रामेछाप सदरमुकाम मन्थलीमा विभिन्न कार्यक्रम गरि साधारणसभा मनाइएको हो ।

पत्रकार महासंघ रामेछापका जिल्ला अध्यक्ष बद्री नंयाघरेको अध्यक्षता र रामेछापका प्रतिनिधि सभाका सांसद पुर्ण बहादुर तामाङ कान्छारामको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पत्रकार महासंघलाई सहयोग गर्ने विभिन्न व्यत्ती तथा संघसंस्थाहरुलाइ सम्मान गरिएको छ । कार्यक्रममा रामेछाप प्रदेश सभा ख का सांसद युवराज चौँलागाइ,रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी,जिसस रामेछापका प्रमुख चिना खड्का,संचार रजिस्ट्रार कार्यालय बाग्मती प्रदेशका रजिस्ट्रार रेवती प्रसाद सापकोटा लगायत विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले शुभकामना व्यत्त गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार