अब जिल्ला अस्पताल रामेछापमै डायलासिस सेवा सुरु हुँदै

अब जिल्ला अस्पताल रामेछापमै डायलासिस सेवा सुरु हुँदै

जिल्ला अस्पताल रामेछापमा पहिलोपटक डायलासिस सेवा सुरु हुने भएको छ । मिर्गौला बिरामीहरूका लागि जिल्ला अस्पतालमै उपकरण राखेर डायलासिस सेवा सुरु गर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गगन अधिकारीले जानकारी दिनुभयो ।

नियमित डायलासिस सेवाका लागी अस्पतालले यसअघि नै अस्पतालमै ब्लड बैँकको स्थापना गरिसकेको छ । १५ शैयाको स्वीकृति रहेको जिल्ला अस्पतालमा यो सेवा सुरु भएपछि रामेछाप सहित छिमेकी जिल्लाहरु सिन्धुली,दोलखा र ओखलढुंगाका मिर्गौला डायलासिस गर्ने बिरामीलाई सहज हुने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार