रामेछाप रामपुरमा बिहेमा भोज खाएका ३० जना बिरामी,१४ जना अस्पताल भर्ना

रामेछाप रामपुरमा बिहेमा भोज खाएका ३० जना बिरामी,१४ जना अस्पताल भर्ना

रामेछापमा विवाहको भोज खाएका एकै गाउँका ३० जना बिरामी परेका छन् । रामेछाप नगरपालिका–५ रामपुर साईटारका ३० जना बिरामी परेका हुन् । यहि मंसिर २५ गते रामपुर साईटारमा बिहेको भोज खाएकाहरु बिरामी पर्न थालेको त्यहाँका स्थानिय कनक मगरले बताउनुभयो ।

जिल्ला अस्पतालमा १४ जनालाई ल्याएर भर्ना गरिएको छ । उक्त गाउँका ३० जना बढी बिरामी रहेको र केहीलाई अस्पताल ल्याउने तयारी भैरहेको मगरले बताउनुभयो । बिहे भोज खाएका बालबालिका र वृद्धवृद्धाहरु बढी बिरामी परेको अर्का स्थानिय कालि मगरले बताउनुभयो ।

बिरामीहरुमा पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएको अस्पतालका विशेषज्ञ डाक्टर मनोज यादवले बताउनुभयो । बिरामी भएकाहरुको अवस्था भने सामान्य रहेको छ । जिल्ला अस्पतालले गाउँका सबै बिरामी भएको जानकारी पाए लगतै दु्रत व्यवस्थापन समिति बनाएर औषधि र चिकित्सक सहितको टोली रामपुर साईटार पठाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । रामपुर साईटार मगर जातिहरुको बसोबास रहेको गाउँ हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार