२८ लाख घुससहित पक्राउ परेका रामेछापका सत्याल विरुद्ध मुद्धा दायर

२८ लाख घुससहित पक्राउ परेका रामेछापका सत्याल विरुद्ध मुद्धा दायर

रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत एक इन्जिनियर र प्लम्बर विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख घूससहित पक्राउ परेका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको हो ।

खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस तथा रिसवत माग गरिरहेको उजुरीका आधारमा सत्याल र थापा कात्तिक २ गते पक्राउ परेका थिए । सेवाग्राहीबाट १६ लाख नगद र १२ लाख रूपैयाँको चेक लिइसकेको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर मा उनीहरूलाई २८ लाख रूपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार