रामेछापमा आजदेखी ६ जिल्लाका रेडियो प्राविधिकका लागी तालिम सुरु

रामेछापमा आजदेखी ६ जिल्लाका रेडियो प्राविधिकका लागी तालिम सुरु

रामेछापको सदरमुकाम मन्थलीमा आजदेखी ६ जिल्लाका रेडियो प्राविधिकका लागी तालिम सुरु भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले आयोजना गरेको रेडियो प्राविधिक तालिममा ६ जिल्लाका विभिन्न रेडियोहरुमा कार्यरत रेडियो प्राविधिकहरुको सहभागीता रहेको छ ।

तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशले धेरै प्रकारका तालिमहरु दिँदै आएको बताउनुभयो । बागमती प्रदेशको सञ्चार रजिष्ट्रारको कार्यालयमा दर्ता भएका विभिन्न रेडियो,टेलिभिजन तथा अनलाईनहरुमा कार्यरत पत्रकारहरुको मागको आधारमा विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आएको सञ्चार रजिष्ट्रार सापकोटाले बताउनुभयो ।

तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लब कुमार श्रेष्ठले रामेछापको मन्थलीमा यस प्रकारको तालिम आयोजना भएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले मन्थलीमै विभिन्न जिल्लाबाट रेडियो प्राविधिकका लागी तालिम आयोजना गरेकोमा सञ्चार रजिष्ट्रारको कार्यालयलाई धन्यवाद समेत व्यक्त गर्नुभयो । उहाँले राज्यको चौथो अंक पत्रकारहरुलाई निति र विधिमा रहेर कलम चलाउन आग्रह गर्नुभयो ।

सुचना तथा संचारको एक मात्रै भरपर्दौ माध्यम रेडियो रहेको भन्दै नगर प्रमुख श्रेष्ठले यो तालिमले रेडियो पत्रकारीतामा अझै आमुल परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । २९ गतेसम्म सन्चालन हुने तालिममा रेडियो प्राविधिकका लागी आवश्यक महत्वपुर्ण कुराहरु सिकाईने छ ।

तालिममा रामेछाप,दोलखा,सिन्धुली,सिन्धुपाल्चोक,काभ्रे र काठमाण्डौँका विभिन्न रेडियोहरुमा काम गर्ने रेडियो प्राविधिकहरुको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार