रामेछाप प्रहरीको नव निर्मित भवन उद्धघाटन

रामेछाप प्रहरीको नव निर्मित भवन उद्धघाटन

जिल्ला प्रहरी कार्यालय रामेछाप परिसरमा निर्मित भवनको आज उद्धघाटन गरिएको छ । बागमति प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यले उक्त भवनको उद्धघाटन गर्नुभयो । थापा निर्माण सेवा प्रा.ली रामेछापले संझौता गरेको १६ महिनामा ३ करोड ७ लाख ५४ हजार लागतमा भवनको निर्माण सम्पन्न गरेको हो ।

नवनिर्मित भवनहरुमा कार्यालय प्रमुखको निवास २ तल्लाको रहेको छ जसमा ६ वटा कोठाहरु रहेका छन् भने सिनियर प्रहरी अधिकृतको निवास ३ तल्ला रहेको छ । जसमा महिलाको लागि छुट्टै एकै कोठा सहित ११ वटा कोठाहरु रहेका छन । भवन उद्धघाटन कार्यक्रममा बोल्दै बागमति प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक किरण बज्राचार्यले भौतिक पुर्वाधारको विकास भएसँगै प्रहरीको सेवा प्रवाहमा थप सहयोग पुग्ने बताउनुभयो ।

प्रहरीको काम समाजमा शान्ति सुरक्षा कायम गर्ने भएको र त्यसका लागि विभिन्न सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तिहरुलाइ साथ दिन अनुरोध पनि गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाहलाइ अझ गुणस्तरीय बनाउदै लैजाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार