काँग्रेसले सरकारलाई दिएको विश्वासको मतको औचित्य के ? एमाले सचिव विष्ट

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतको कुनै औचित्य नरहेको बताउनुभयो । काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गौरवको कुरा भए पनि विश्वासको मतको औचित्य काँग्रेसभित्रै खोजी भइरहेको उहाँले बताउनुभयो । प्रेस चौतारी नेपाल रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव विष्टले कुन दलले के पद लिने […]

रामेछापको मन्थलीमा वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछाप सदरमुकाम मन्थलीमा बुधबारबाट वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति रामेछापको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन एमाले सचिव गोकर्ण विष्टले गर्नुभयो । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रतियोगिता भएकोे हो । प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका छन । एक […]

विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव हुँदै

श्री गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापमा विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव गर्नुपर्ने अवस्था सृजना भएको छ । २०२० सालमा स्थापना भएको विद्यालयमा एकपटक चुनाव मार्फत विव्यस अध्यक्ष छनोट गरिएको भएपनि अरु सबै सर्वसम्मत विव्यस अध्यक्ष छनोट गरिएको थियो । यस पटक राजनीतिक भागबन्डा नमिल्दा चुनाव गर्नुपर्ने अवस्थाको सृजना भएको हो । विव्यस अध्यक्ष हुन नेपाली […]

सरकारले नै बनाएको योजना कार्यान्वयन नहुँदा खाँडादेवी डप्खाका स्थानीय आक्रोशित

रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खाको माझी बस्तीलाइ होम स्टेमा रुपान्तरण गर्ने भन्दै बाग्मती प्रदेश सरकारको लगानीमा नै ४२ वटा घर निर्माण भएको थियो । तर सरकारले नै बनाएको यो योजना कार्यान्वयन हुन नसक्दा सरकारी सम्पत्तिको दुरुपयोग भएको छ भने स्थानीय निरास भएका छन् । २०७६ सालमा बागमती प्रदेश सरकारले कृषि पर्यटन कार्यक्रम अन्तर्गत डप्खाका माझी समुदायमा […]

आइतबारदेखी बेपत्ता तामाङ रामेछाप बाबियाखर्कमा मृत फेला

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्क आरुबोटेमा एक पुरुष मृत फेला परेका छन । रामेछाप नगरपालिका ८ सल्ले घर भएका पदम तामाङ सोमबार मृत भेटिएका हुन । ५० वर्षिय तामाङ आइतबार सल्लेबाट मन्थली जान्छु भनी हिँडेका थिए । आइतबारदेखी हराएका उनी सडकबाट केही तल मृत अवस्थामा फेला परेको रामेछाप नगरपालिका वडा नं ८ […]

भीम गुरुङले सडकमा बस्ने गरीबहरुलाई माघे सक्रान्तिमा खुवाए घ्यू, चाकु, लड्डु र तरुल

विगत एक दशक देखी संयुक्त राज्य अमेरिकाको ओमाहा शहरको नेब्रास्कामा स्थायी बसोबास गर्दै आएक भुटानी समाज नेब्रास्काका वर्तमान अध्यक्ष, बुद्दिष्ट समाज नेब्रास्काका फर्मर प्रेसिडेन्ट, ग्लोबल भुट्नीज साहित्यीक संगठनको फर्मर रिडर तथा आइमार्ट होलसेलका निर्देशक भीम गुरुङले काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात बस्न बाध्य भएका शयौं दुःखी गरीब, अशक्त एवम् असहाय भएका व्यक्तिहरुलाई माघे […]

रामेछापका १६ वटा क्रसर उद्योग बन्द

रामेछापमा २३ वटा क्रसर उद्योग सञ्चालनमा रहेकोमा १६ वटा बन्द भएका छन् । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापमा सञ्चालित १६ उद्योग बन्द गराएको हो । रामेछाप जिल्लाभित्र विभिन्न ठाउँमा गरी क्रसर र वालुवा प्रशोधन गरी २३ वटा उद्योग रहेको तथ्याङक रहेको छ । सरकारले बागमती प्रदेशमा गैरकानुनी रुपमा सञ्चालनमा रहेको ३ सय […]

यस्तो छ गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति

रामेछापको गोकुलगंगा गाउँपालिकाको १२ औँ गाउँसभा (हिउँदे) अधिवेश बुधबार सम्पन्न भएको छ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले गत आर्थिक वर्ष २०७८,७९ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०७९/८० को हालसम्मको बजेट कार्यान्वयनको समिक्षा विवरण प्रस्तुत गर्नुभयो । गाउँपालिकामा ६ महिनाको अबद्यिमा चालु र पँजीगत गरी ६० करोड ८७ लाख ६३ हजार २० […]

रामेछाप नगरपालिकाको कुल बजेट खर्च १८.७८ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाले अहिलेसम्म जम्मा १८.७८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाले ६ महिनाको अवधिमा चालु खर्च तर्फ २०.०६ प्रतिशत,पूँजीगत खर्चतर्फ ७.७७ प्रतिशत र कुल बजेटको १८.७८ प्रतिशत रकम मात्रै खर्च गरेको हो । बुधबार नगरपालिकाको १२ औँ नगर सभा (हिउँदे) अधिवेशनमा उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलन मार्फत नगरपालिकाले दिएको जानकारी […]

कर्ण गुरुङसँगको सहकार्यमा द भ्वाइस अफ नेपालका विजेता करण राई र सीडी विजय अधिकारीले गरे भोजन वितरण

द भ्वाइस अफ नेपाल १ र ४ का विजेता सीडी विजय अधिकारी र करण राई एवम् ग्लोबल भुटनीज साहित्यिक संगठनका अध्यक्ष कर्ण गुरुङसहितको समुहले गरीब, दुःखी र असहायहरुलाई भोजन वितरण गरेका छन् । सडकको चिसो पेटीमा आफ्नो गुजारा चलाईरहेका गरीब, दुःखीहरुलाई उक्त समुहले भोजन वितरण गरेको हो । समाजसेवी प्रदीप घिमिरेसँग सहकार्य गर्दै अध्यक्ष गुरुङको […]