रामेछापका १६ वटा क्रसर उद्योग बन्द

रामेछापका १६ वटा क्रसर उद्योग बन्द

रामेछापमा २३ वटा क्रसर उद्योग सञ्चालनमा रहेकोमा १६ वटा बन्द भएका छन् । गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय रामेछापले रामेछापमा सञ्चालित १६ उद्योग बन्द गराएको हो । रामेछाप जिल्लाभित्र विभिन्न ठाउँमा गरी क्रसर र वालुवा प्रशोधन गरी २३ वटा उद्योग रहेको तथ्याङक रहेको छ ।

सरकारले बागमती प्रदेशमा गैरकानुनी रुपमा सञ्चालनमा रहेको ३ सय ५८ वटा क्रसर उद्योग बन्द गरेको हो । हालसम्म प्रदेशको ९ वटा जिल्लाका विभिन्न स्थानमा सञ्चालित ३ सय ५८ वटा क्रसर उद्योग बन्द भएका हुन् । गृहमन्त्रालयले गत पुस २० गते देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै जिल्लामा अवैधानिक रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार