रामेछाप नगरपालिकाको कुल बजेट खर्च १८.७८ प्रतिशत मात्रै

रामेछाप नगरपालिकाको कुल बजेट खर्च १८.७८ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाले अहिलेसम्म जम्मा १८.७८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाले ६ महिनाको अवधिमा चालु खर्च तर्फ २०.०६ प्रतिशत,पूँजीगत खर्चतर्फ ७.७७ प्रतिशत र कुल बजेटको १८.७८ प्रतिशत रकम मात्रै खर्च गरेको हो ।

बुधबार नगरपालिकाको १२ औँ नगर सभा (हिउँदे) अधिवेशनमा उक्त जानकारी दिएको हो । पत्रकार सम्मेलन मार्फत नगरपालिकाले दिएको जानकारी अनुसार नगरको समग्र चालु वर्षको लागी नगरपालिकाले चालुतर्फ ४६ करोड ९८ लाख २३ हजार ४ सय ४३ रुपैयाँ र पूँजीगत तर्फ ३१ करोड ७ लाख ६० हजार ५ सय ५६ रुपैयाँ गरी कुल ७८ करोड ५ लाख ८४ हजार बजेट स्वकृत भएकोमा चालु तर्फ हालसम्म १२ करोड २४ लाख ४९ हजार ३ सय ५२ रुपैयाँ खर्च भएको जनाएको छ ।

नगरपालिकाका प्रबक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीले पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराउनुभयो । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत निरज पौडलले पत्रकारले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार