यस्तो छ गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति

यस्तो छ गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति

रामेछापको गोकुलगंगा गाउँपालिकाको १२ औँ गाउँसभा (हिउँदे) अधिवेश बुधबार सम्पन्न भएको छ । गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश)ले गत आर्थिक वर्ष २०७८,७९ को वार्षिक प्रतिवेदन र चालु आर्थिक वर्ष २०७९/८० को हालसम्मको बजेट कार्यान्वयनको समिक्षा विवरण प्रस्तुत गर्नुभयो । गाउँपालिकामा ६ महिनाको अबद्यिमा चालु र पँजीगत गरी ६० करोड ८७ लाख ६३ हजार २० रुपैयाँ खर्च भएको छ ।

सभामा उपाध्यक्ष उषादेवी कार्कीले गाउँपालिकाको विनियोजन ऐन २०७९ लाई संशोधन गर्ने सम्बन्धमा बनेको विद्येयक २०७९ को मस्यौदा सहित संशोधित कार्यक्रम प्रस्तुत गर्नुका साथै गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०७९/८० मा सुचिकृत भएका मेलमिलाप कर्ताहरुको नामावली प्रस्तुत गर्नुभएको थियो । सभामा प्रमुख प्रशासकीय अधिकृत होमबहादुर थापाले पालिकाको जलस्रोत ऐन २०७७ लाई संशोधन गर्न बनेको विद्येयक २०७९ को मस्यौदा तथा खानेपानी सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्थापन गर्न बनेको विद्येयक २०७९ प्रस्तुत गर्नुभएको थियो । सभामा पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतद्धारा प्रस्तुत कार्यक्रम तथा विद्येयकमाथि छलफल भई पारित भएको छ ।

यस्तो छ गोकुलगंगा गाउँपालिकाको चालु आर्थिक वर्षको अर्धवार्षिक प्रगति

गत आ.व. २०७८/०७९ को अन्तिममा स्थानिय तह को दोश्रो निर्वाचन सम्पन्न भई हामी निर्वाचित भई आएकोले गत वर्ष पुरानै पदाधीकारीहरुले छनौट र संचालन गरेको बाँकी योजाना तथा कार्यक्रमहरुको स्थलगत अनुगमन गरी भूक्तानी दिने कार्य भएको र गत वर्ष गोकुलगंगा गाउँपालिकाको दैनिक प्रशासन संचालन र विकास कार्यमा चालु खर्च तर्फ कुल रु. २७ करोड ३३ लाख १५ हजार १ सय बहत्तर र पुँजीगत खर्च तर्फ कुल रु. ३३ करोड ५४ लाख ४८ हजार ६ सय ४८ गरी जम्मा रु. ६० करोड ८७ लाख ६३ हजार ८ सय २० खर्च भएको देखिन्छ ।

उपस्थित महानुभावहरु,

अव म हामी निर्वाचित भई आए पश्चात भए गरेका मुख्य मुख्य कार्यहरु र चालु आ.व. २०७९/०८० को हालसम्मको आय व्ययको विवरण यस गरिमामय सभामा प्रस्तुत गर्दछु ।

१. वर्षादको कारण विग्रीएका सडक पूर्वाधारहरुको मर्मत सम्भार कार्य दशै तिहार अगाडीनै सम्पन्न गरी सडक सचारु गरिएको छ ।

२. यस वर्ष गोकुलगंगा गाउँपालिकाबाट ठेक्का प्रकृयाद्धरा कार्यन्वयन हुने ११ वटा आयोजनाहरु मध्ये कार्यालयको लागि लिफ्ट सहितको ५ तले सुविधा सम्पन्न प्रशासकीय भवन रु. ९ करोड चौवन्न लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी कार्य प्रारम्भ भइ २० प्रतिशत भौतिक तथा वित्तिय प्रगती भएको छ । खानेपानी व्यवस्थापनका लागि एक घर एक धारा कार्यक्रम अर्न्तगत पाइप तथा फिटिङका सामाग्री खरीद कार्य, तारजाली खरिद कार्य, ज्यामकिरी विद्यालय भवन निर्माण कार्य, श्री मा.वि. फर्पु पहिरो नियन्त्रण कार्य, भीम आ.वि. घेराबार निर्माण कार्य, बुर्के टगम देउराली सडक स्तरोन्नती, भिमसेनथान ललीबुक लुते फर्पु वडा भवन सडक स्तरोन्नती, भिमसेनथान क्षेत्रीगाउँ धारापानी सडक स्तरोन्नती र भित्तरी, सिस्नेरी लिसेखोला सडक स्तरोन्नती समेत १० वटा आयोजनाहरुको ठेक्का व्यवस्थापन र ठेकेदार संग सम्झौता गरी निर्माण कार्य प्रारम्भ भईसकेको छ । साथै धौले चाके, कोश्याङखर्क, जटापोखरी पाँचपोखरी पर्यटकीय सडकको ड्रईङ, डिजाइन र स्टीमेट गरी बातावरणीय प्रभाव मुल्याङ्कन कार्य अन्तिम चरणमा पुगी ठेक्का व्यवस्थापनको तयारीमा रहेको छ ।

३. वडास्तरका विभिन्न संघ सस्था र उपभोक्ता समिति मार्फत संचालन गरिने कुल ३११ मध्ये २२९ वटा योजना तथा कार्यक्रमहरुको घुम्ती सेवा मार्फत सम्बन्धीत वडाहरुमा गई २०७९ चैत्र मसान्त भित्र कार्य सम्पन्न गर्ने गरी सम्झौता भई कार्य प्रारम्भ भएको छ ।

४. शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी तथा मत्स्य विकास, महिला बालबालिका तथा समाज कल्याण लगायतका विषयगत शाखाहरुको कार्यक्रमहरु कार्ययोजना बमोजिम संचालन भई रहेको छ ।

५. कार्यालयको दैनिक सेवा प्रवाह सेवाग्राहीमैत्री हुने गरी मातहतका वडा कार्यालय र स्वास्थ्य चौकीहरु समेतबाट चुस्त, दुरुस्त र पारदर्शी रुपमा गर्ने व्यवस्था मिलाइएको छ

६. दोश्रो त्रैमासिक अवधीको सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरणका लागि रकम निकासा भई सकेको छ ।

७. उपरोक्तानुसार गोकुलगंगा गाउँपालिकाको दैनिक प्रशासन संचालन र विकास कार्यमा यस आ.व. २०७९/०८० मा देहाय बमोजिमको आयव्यय भएको देखिन्छ ।

चालु तर्फ ३३,८७,८०,००० (प्रगति ३३.९८ प्रतिशत)

पुजिँगत फर्त ३१,२१,६६,००० (प्रगति ६.५९ प्रतिशत)

उपस्थित महानुभावहरु,

शिक्षा क्षेत्रको विकास विना अन्य क्षेत्रको विकास नहुने तथ्यलाई मनन गरी गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानध्यापक लगायतका शिक्षक शिक्षिकाहरुको क्षमता अभिबृद्धीका लागि आश्यक तालिम र प्रशिक्षणको व्यवस्था, गाउँपालिका र प्र.अ. विच कार्य सम्पादन सम्झौता गरी न्युन शिक्षक दरबन्दी भएका विद्यालयहरुमा निजिश्रोतमा कार्यरत शिक्षकहरुको पारीश्रमिकको लागि कमश उचित बजेट व्यवस्थापन गर्न आवश्यक ठानेको छु ।

गाउँबासीहरुलाई सरल र सहज रुपमा स्वास्थ्य सुविधाका लागि गोकुलगंगा अस्पताललाई १५ सैयाको अस्पतालको रुपमा स्तरोन्नती गर्नका लागि स्वास्थ्य चौकी रस्नालुबाट हुदै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिन वडा कार्यालय रस्नालुमा एक एक जना अहेव, अनमी र कार्यालय सहयोगीको व्यवस्था गरी स्वास्थ्य चौकी रस्नालुका अन्य स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री लगायत सम्पुर्ण सामानहरु गोकुलगंगा अस्पतालमा मर्ज गरी सेवा प्रवाहको व्यवस्था मिलाउनका साथै सबै स्वास्थ्य चौकीहरुबाट गुणस्तरीय स्वास्थ्य सेवा र निशुल्क रुपमा वितरण हुने औषधीहरु वितरणको व्यवस्था मिलाएको छ । अति विपन्न विरामीहरुको उपचारको लागि आश्यक सिफारिश र आर्थिक सहायताका साथै सत्केरीहरुलाई निशुल्क एम्बुलेन्सको सेवा मिलाएको छु ।

गत विगतमा यस गाउँपालिकाबाट कृषि, पशु विकास र विभिन्न व्यवसाय संचालनका लागि अनुदान वितरण गरिएकोमा सोको प्रभावकारी रुपमा उपलब्धी हासिल भएको नपाईएकोले विगतमा अनुदान लिने संघ सस्था, समूह र व्यक्तीहरुको विवरण तयार गरी निजहरुले लगेको अनुदान उद्देश्य अनुरुप खर्च भए नभएको अवस्थाका साथै सोबाट भएको उपलब्धी समेतको स्थलगत अनुगमन प्रतिवेदन लिई सोही आधारमा निजहरुलाई पुरस्कार र दण्ड सजायको व्यवस्थाको साथै आगामी दिनमा अनुदानलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने तयारी गरेको छु ।

यस गाउँपालिका क्षेत्रका बैदेशिक रोजगारीबाट फर्केका युवा, अति विपन्न, दलित, सिमान्तकृत व्यक्तिहरुका साथै बेरोजगार युवा युवतीहरुको लगत संकलन गरी उनीहरुको भाषा धर्म, संस्कृति र पुख्यौली पेशाअनुसारको उद्यम व्यवसायको लागि सिप विकास तालिमको प्रबन्ध मिलाई गरीवी निवारण र आय आर्जनको लागि आगामी वर्षमा कार्यकम संचलन गर्ने व्यवस्था मिलाउने सोचमा छु ।

ठेक्का, उपभोक्ता समिति लगायत जुन सुकै विधिबाट गाउँपालिका मार्फत संचालन हुने आयोजना र कार्यक्रमहरुलाई कानुन सम्मत, विधि सम्मत रुपममा निश्पक्ष र पारदर्शी रुपमा संचालनको व्यवस्था मिलाउदै उक्त कार्यमा हुने सबै खाले अनियमितताको अन्त्य गर्ने प्रयत्न गरेको छु । यस्ता कार्यहरुमा यहाँहरुको साथ र सहयोगको अपेक्षा गर्दछु ।

धन्यबाद !

काजि बहादुर खड्का

अध्यक्ष, गोकुलगंगा गाउँपालिका

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार