आइतबारदेखी बेपत्ता तामाङ रामेछाप बाबियाखर्कमा मृत फेला

आइतबारदेखी बेपत्ता तामाङ रामेछाप बाबियाखर्कमा मृत फेला

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ बाबियाखर्क आरुबोटेमा एक पुरुष मृत फेला परेका छन । रामेछाप नगरपालिका ८ सल्ले घर भएका पदम तामाङ सोमबार मृत भेटिएका हुन । ५० वर्षिय तामाङ आइतबार सल्लेबाट मन्थली जान्छु भनी हिँडेका थिए ।

आइतबारदेखी हराएका उनी सडकबाट केही तल मृत अवस्थामा फेला परेको रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो । वडाअध्यक्ष र प्रहरी सहितको टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरि शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल लगिएको वडाअध्यक्ष तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार