काँग्रेसले सरकारलाई दिएको विश्वासको मतको औचित्य के ? एमाले सचिव विष्ट

काँग्रेसले सरकारलाई दिएको विश्वासको मतको औचित्य के ? एमाले सचिव विष्ट

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतको कुनै औचित्य नरहेको बताउनुभयो । काँग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गौरवको कुरा भए पनि विश्वासको मतको औचित्य काँग्रेसभित्रै खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रेस चौतारी नेपाल रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले सचिव विष्टले कुन दलले के पद लिने भन्ने विषय विगतमा नै सत्ता साझेदार दलहरूबीच सहमति भएकाले कांग्रेसले विश्वासको मत दिँदैमा उक्त सहमति नतोडिने बताउनुभयो ।

पत्रकारले एमाले माओवादी आलोपालो गरेर सरकार चलाउने सहमती बनेको हो भनेर सोधिएको प्रश्नमा विष्टले सत्ता आलोपालोको विषय गौण रहेको भन्दै मुख्य मुद्दा जनताको न्यूनतम आवश्यकता पूरा गरी जीवनस्तर उकास्न केन्द्रित रहेकाले आलोपालोलाई एमालेले महत्त्वपूर्ण विषय नठान्ने समेत बताउनुभयो । अहिलेको गठबन्धन सरकारको मुख्य उद्देश्य भनेकै जनताको अपेक्षाहरूलाई पुरा गर्दै जनताको जीवन स्तरलाई माथि उठाउनु रहेको एमाले सचिव विष्टको भनाई छ । थप भिडियोबाटै …

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार