सरकारले नै बनाएको योजना कार्यान्वयन नहुँदा खाँडादेवी डप्खाका स्थानीय आक्रोशित

सरकारले नै बनाएको योजना कार्यान्वयन नहुँदा खाँडादेवी डप्खाका स्थानीय आक्रोशित

रामेछापको खाँडादेवी गाउँपालिका–३ डप्खाको माझी बस्तीलाइ होम स्टेमा रुपान्तरण गर्ने भन्दै बाग्मती प्रदेश सरकारको लगानीमा नै ४२ वटा घर निर्माण भएको थियो । तर सरकारले नै बनाएको यो योजना कार्यान्वयन हुन नसक्दा सरकारी सम्पत्तिको दुरुपयोग भएको छ भने स्थानीय निरास भएका छन् । २०७६ सालमा बागमती प्रदेश सरकारले कृषि पर्यटन कार्यक्रम अन्तर्गत डप्खाका माझी समुदायमा सामूहिक होमस्टे बनाउने भन्दै ४२ वटा घर निर्माण गरेको थियो ।

जसका लागि बाग्मती प्रदेश सरकारबाट लगभग २ करोड र खाँडादेवी गाउँपालिकाबाट ७५ लाख लगानी भएको छ । निर्माण ताका नै जग्गा एकिन नहुँदा कतिपय एउटै घर २ व्यक्तिको जग्गामा परेको छ भने कतिपय एउटै व्यक्तिको जग्गामा ३ वटासम्म घर बनेको छ । कस्को जग्गामा कति वटा घर बने भन्ने समेत एकिन छैन । अहिले निर्माण भएका ति घरलाइ होम स्टे बनाउने गरि कुनै काम सुरु भएको छैन । व्यक्तिको जग्गा एकिन नगरी होमस्टे संरचना निर्माण गरिदा उत्पन्न जग्गा विवादको कारण होमस्टे सञ्चालनमा आउननसक्दा सरकारको करौडौँ लागनी बालुवामा पानी हालेजस्तै भएको छ ।

सीमित व्यक्तिका जग्गामा घर बनेकाले जग्गा नभएका व्यक्तिले घर उपयोग गर्न पाउने कि नपाउने भन्ने अन्यौलता स्थानीयमा छ । होमस्टे निर्माण स्थलमा जग्गा नभएकाहरूले घर उपयोग गर्न जग्गा किन्नुपर्ने जग्गावालाहरूको माग छ । सरकारलाई विश्वास गरेर आफ्नो जग्गा सामूहिक होमस्टे निर्माणका लागि दिएका स्थानीय अहिले पछुताइरहेका छन् । होमस्टे पनि सञ्चालनमा आउन सकेको छैन, नागरिक पनि खुसी छैनन् । होम स्टे सञचालनमा आएर गाउँ समृद्ध बन्नुको साटो वस्तीमा बनेका घर कस्को सवमित्वमा हुने भन्नेमा विवाद सुरु हुन थालेको छ । बस्तीमा झगडा पर्ने स्थिति आएको छ ।

जग्गा विवाद नमिलि होमस्टे सञ्चालन हुन नदिने स्थानीय नरबहादुर माझी बताउनु हुन्छ । खाँडादेवि गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ उत्पन्न होमस्टे विवाद स्थानीय सरकारले समाधान गर्न सक्ने अवस्था नरहेको बताउनुहुन्छ । यो बस्तीमा ४२ परिवार बस्छन् । उनीहरूलाइ गाँस र बासको सहजताका लागि भन्दै सरकारले यो योजना ल्याएको थियो । अब बस्तीमा देखिएको विवाद मिलाउदै छिटो भन्दा छिटो होमस्टे सञ्चालनमा ल्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार