रामेछापको मन्थलीमा वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछापको मन्थलीमा वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

रामेछाप सदरमुकाम मन्थलीमा बुधबारबाट वाग्मती प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला समन्वय समिति रामेछापको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन एमाले सचिव गोकर्ण विष्टले गर्नुभयो । नेकपा एमालेको जनसङ्गठन नेपाल खेलकुद महासङ्घ वाग्मती प्रदेश कमिटीको आयोजनामा प्रतियोगिता भएकोे हो ।

प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाका १३ टिमले भाग लिएका छन । एक टिममा १२ जना खेलाडी सहभागी भएकोे प्रतियोगितामा १ सय ५६ जना खेलाडीको सहभागीता रहेको आयोजकले जनाएको छ । चार दिनसम्म चल्ने यो प्रतियोगिताको विजेता टोलीले २ लाख नगदसहित, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद, सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार