विद्यालय पोशाक मौसममैत्री नभएकोमा रामेछापका शिक्षक–विद्यार्थीको गुनासो

विद्यालय पोशाक मौसममैत्री नहुँदा समस्या भएको रामेछापका शिक्षक र विद्यार्थीहरूले गुनासो गरेका छन् । खासगरि जाडोयाममा विद्यालयले निर्धारण गरेको पोशाक लगाउँदा चिसो नै नथेग्ने उनीहरूको गुनासो छ । विद्यालयलाई सामुदायिक र संस्थागतमा वर्गीकरण गरिए पनि विद्यार्थी र शिक्षकले लगाउने पोशाक भने सबै विद्यालयमा लगभग मिल्दोजुल्दो छ । विद्यालयमा छात्रका लागि सर्ट पाइन्ट र छात्राका लागि […]

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा रामेछापमा बीमा प्रति किसानको आकर्षण बढेन

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा कृषि बीमा प्रति रामेछापका किसानको आकर्षण बढ्न सकेको छैन । बालीनाली र पशुपालनमा किसानले ब्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बीमा कार्यक्रम लागु गरेको छ । बीमा गर्न इच्छुक किसानलाई बिमाङ्कको ८० प्रतिशत रकम सरकारले व्यहोर्ने भएपनि बीमा दाबीको प्रक्रिया झन्झटिलो भएका कारण किसानहरू कृषि बीमा कार्यक्रम […]

प्रमिला सुवेदीले गरीब दुःखीलाई भोजन गराउन गरिन् प्रदिपलाई सहयोग

मनकारी एवम् समाजसेवी प्रमिला सुवेदीले काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य भएका शयौं अशक्त तथा असहाय भएका गरीब दुःखीहरुलाई यही माघ १८ गते रातको एक छाक तातो खाना खुवाउनु भएको छ । “भोजन दान, महाकल्याण” सेवा नै धर्म हो भन्ने मुल ‘मन्त्र’ लाई आत्मसाथ गेर्ने कोमल हृदय भएकी प्रमिला […]

गरीब दुःखीलाई भोजन गराउन प्रदिपलाई सगुन श्रेष्ठको  सहयोग

अमेरिका बस्दै आएका समाजसेवी सगुन श्रेष्ठले उहाँको आत्मीय मित्र स्वर्गीय शिशिर विष्टको ६ महिनाको पूण्य तिथीको माघ १४ गते विष्टको चिर शान्तिको कामना गदैृ उहाँको स्मृतिमा काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य भएका शयौं दुःखी गरीब, अशक्त तथा असहाय भएका व्यक्तिहरुलाई रातको एक छाक तातो खाना खुवाउनु भएको छ […]

स्वर्गीय पिताको स्मृतिमा दुःखी गरीबलाई खाना खुवाउन कार्की परिवारद्वारा प्रदिपलाई सहयोग

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. १ निवासी स्वर्गीय मोहन बहादुर कार्कीको पूण्य तिथिको स्मृतिमा माघ १६ गते उहाँका जेष्ठ पुत्र दिनेश कार्की बुहारी मञ्जु कुमारी कार्की कान्छो छोरा दिपक कुमार कार्की बुहारी गोमा कार्की, छोरी पविना कार्की खड्का एवम् ज्वाइँ दिवाकार खड्काले काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात भोक भोकै रात बस्न बाध्य […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

गौरीशङ्कर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कार्की

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङ्कर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमल विक्रम कार्की चयन हुनुभएको छ । विव्यसका सदस्यहरुमा सावित्रा कार्की,उद्धव कुमार श्रेष्ठ,निरु थापा,चुक्त्त बहादुर मगर र कृष्णमायाँ नेवा खड्गी चयन भएका हुन । शिक्षक अभिभावक संघको अध्यक्षमा केही दिन अघि राम कुमार कार्की चयन भैसक्नुभएको […]

नेपाल बुद्धिचाल संघ रामेछापको संयोजकमा सौजन्यप्रसाद सत्याल

नेपाल बुद्धिचाल संघ रामेछापको संयोजकमा सौजन्यप्रसाद सत्याल चयन हुनुभएको छ । नेपाल बुद्धिचाल महासंघले सत्यालको नेतृत्वमा ८ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सदस्यहरुमा हरीवंश कडरीया,बिमल सुवेदी,समाल कार्की,युवराज सुवेदी,केदार थापा,करुणा थापा मगर र प्रताप घिसिङ रहेका छन् । समितिलाई फाल्गुन ७ गते भित्र संघको साधारण सभा र निर्वाचन सम्पन्न गर्नका लागी समय दिइएको […]

विद्यालयमा पानी नहुँदा विद्यार्थी संख्या घट्यो, विद्यार्थीहरु घरबाटै पानी लैजान बाध्य

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको श्री महाकाली आधारभूत विद्यालयमा खानेपानीको समस्याले विद्यार्थी आफ्नो घरबाटै खानेपानीको बोतल झोलामा हालेर पढ्न जाने गरेका छन् । खानेपानीको अभावले गर्दा आधा दिनमै विद्यार्थी पानी पिउने निहुँमा घर आउने गरेको अभिभावक गोविन्द राउतले बताउनुभयो । विद्यालय आसपासमा खानेपानीको कुनै मुहान नहुनु र नगरपालिका तथा वडाले ध्यान […]

रामेछापको लिखु तामाकोशी गाउँपालिकाको हिउँदे अधिवेशन आह्वान

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले हिउँदे अधिवेशन आह्वान गरेको छ । पालिकाले दशौँ गाउँ सभा तथा हिउँदे अधिवेशन आह्वान गरेको प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जानकारी दिनुभयो । हिउँदे अधिवेशनमा चालु आर्थिक वर्ष २०७९÷०८० को नीति, योजना कार्यक्रमहरू संशोधन र कानूनहरूको संशोधन बारे छलफल हुने बताइएको छ । आईतबार बिहान ११ बजे गाउँ सभा तथा […]