विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव हुँदै

विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव हुँदै

श्री गौरीशङ्कर माध्यमिक विद्यालय रामेछापमा विद्यालय व्यवस्थापन समितिमा भागबन्डा नमिल्दा चुनाव गर्नुपर्ने अवस्था सृजना भएको छ । २०२० सालमा स्थापना भएको विद्यालयमा एकपटक चुनाव मार्फत विव्यस अध्यक्ष छनोट गरिएको भएपनि अरु सबै सर्वसम्मत विव्यस अध्यक्ष छनोट गरिएको थियो । यस पटक राजनीतिक भागबन्डा नमिल्दा चुनाव गर्नुपर्ने अवस्थाको सृजना भएको हो ।

विव्यस अध्यक्ष हुन नेपाली कांग्रेसबाट १ जना र स्वतन्त्र २ जनाले उम्मेदवारी दिएका छन । विव्यसमा कांग्रेस,माओवादी र एमालको भागबन्डा मिलसकेको भएपनि नेपाली कांग्रेस निकटका २ जना व्यक्तिहरुले असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका हुन ।

विव्यस अध्यक्षमा केदार कार्की,सावित्रा कार्की र उद्धव कुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराउँदा सदस्यहरुमा निरु थापा,चुक्त्त बहादुर मगर,कृष्णमायाँ नेवा खड्गीले उम्मेदवारी दर्ता गराएका छन । विव्यसको चुनाव यहि माघ ७ गते हुँदैछ ।

शिक्षण संस्थालाई सामाजिक सत्ताका रुपमा व्याख्या गर्ने दलका नेताहरूले व्यवस्थापन समितिमा पकड जमाउन सके राजनीतिक प्रभाव पनि विस्तार गर्न सकिने ठानेर अध्यक्ष बन्न मरिहत्ते गर्न थालेको नाम उल्लेख नगर्ने सर्तमा विद्यालयका एक शिक्षककले बताउनुभयो ।

अभिभावकले विद्यालय व्यवस्थापन समितिमा राजनीतिक नेताको उपस्थितिलाई मनदेखि नरुचाए पनि दलहरूले व्यवस्थापन समितिलाई सामाजिक सत्ताकै रुपमा व्याख्या गर्दै औचित्य पुष्टि गर्न थालेको एक अभिभावकले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिएपछि राजनीतिक उचाइ बढ्ने विश्वास राजनीतिक दलहरुको छ ।

राजनीतिक प्रभाव बढ्ने तथा भौतिक निर्माण, शिक्षक नियुक्ति र सरुवामा चलखेल गर्न पाइने भएकाले पनि व्यवस्थापन समिति अध्यक्ष बन्न तँछाडमछाड हुने गरेको हो । सामुदायिक विद्यालयमा सरकारको आर्थिक दायित्व ६० प्रतिशत रहने व्यवस्था शिक्षा नियमावलीमा छ । नियमावलीमा ४० प्रतिशत आर्थिक दायित्व विद्यालय व्यवस्थापन समितिले बेहोर्नुपर्ने उल्लेख छ । पछिल्लो समय विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा दलीय प्रतिस्पर्धा बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार