रामेछापमा धेरै समय पछि कोरोना संक्रमण देखियो

रामेछापमा धेरै समय पछि आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका दश जनामा गरिएको एन्टिजेन परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । केहि महिना सुन्य रहेको कोरोना संक्रमण देशभर केहि दिनयता बढ्दै गएको छ । देशभर कोरोना संक्रमण बढिरहँदा […]

रामेछापमा साउने झरी, देशका विभिन्न क्षेत्रमा मौसम बदली

आईतबार बिहानैदेखी रामेछाप सहित देशको विभिन्न ठाउँमा पानी परिरहेको छ । आज पनि देशका विभिन्न क्षेत्रमा मौसम बदली भई पानी गरिरेहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । आज बिहानैदेखि देशका […]

नमुना विद्यालय रामेछापको डहु माविका २ जनाले ल्याए ४ जीपीए

यसपटकको एसइइमा रामेछापको डहु माविका २ जना छात्रले ४ जीपीए ल्याएका छन । जिल्ला सदरमुकामभन्दा टाढा काभ्रे जिल्लासीमाको दुर्गम बस्ती सुनापती गाउँपालिका ४ बेथानको डहु माविमा अध्ययन गर्ने प्रतीक बल र राजन लामाले एसइई परीक्षा २०७८ मा ४ जीपीए ल्याएका छन् । सदरमुकामको सुविधासम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई पछि पारेर नजिता हात पारेका दुर्गमको […]

सशस्त्र प्रहरी,रासम र स्थानियले सफा गरे विटार पार्क

पछिल्लो समय युवाहरुको रोजाईमा पर्ने गरेको विटार पार्कको आज सरसफाई गरिएको छ । रामेछाप नगरपालिका वडा नं ८ मा रहेको विटार पार्कमा आज सरसफाई गरिएको विटार पार्क संरक्षण समितीका अध्यक्ष सुनिल रायमाझीले समाजिक सन्जाल मार्फत जानकारी गराउनुभएको छ । सशस्त्र प्रहरी बल मन्थली रामेछापका प्रमुख डिएसपी केशवराज व्याकुरेल सहित सशस्त्र प्रहरी बलको टिम,रामेछापका सहयोगी मन(रासम)को […]

रामेछाप सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्मायो

रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं २ सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्माएको छ । सैपु माझाघरका स्थानीय गोपाल प्रसाद पौडेलले पालेको गाईले दुइवटा टाउको भएको बाछो जन्माएको त्यहाँका स्थानिय रामकुमार गौतमले सामाजिक संजाल मार्फत जानकारी गराउनुभएको छ । हिजो पौडेलले पालेको गाई सुत्केरी हुन नसकेपछि पशु प्राविधिकलाई बोलाएर दुइवटा टाउको भएको बाछो झिकिएको […]

रामेछापमा लोप हुँदै परम्परागत पञ्चेबाजा

रामेछापमा पछिल्लो समय विवाह–ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने पञ्चेबाजा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । नेपाली समुदायले परम्परागत रुपमा बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । समुदायको पुख्यौली पेशालाई पछिल्लो पुस्ताले स्विकार नगर्दा संस्कृति नै हराउन थालेको रामेछाप सुकाजोरका पञ्चेबाजा बजाउँदै आएका स्थानियहरुको भनाई छ । […]

रामेछापका किसान बाँदर आतंकले हैरान

रामेछाप जिल्लाका अधिकांस क्षेत्रका किसान बाँदर आतंकले हैरान भएका छन् । केही वर्ष अघिसम्म खेतबारीमा राम्रो आम्दानी गर्ने गरेका किसानलाई अहिले बाँदरबाट बाली जोगाउनै समस्या पर्न थालेको छ ।अधिकांश जमिन बाँझो भएका हुनाले भएको जमिनमा लगाएको बाली बाँदर नष्ट गरेपनि स्थानीयको गर्जो टार्नसमेत मुस्किल हुन थालेको छ । बस्ती नजिकै जंगल रहेकाले बाँदरको हुलहरू अन्नबाली […]

सुनकोशी मरिण डाइभर्सन आयोजनाको निर्माण कार्य ठप्प,मजदुर आन्दोलित

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य रोकिएको छ । मजदुरको आन्दोलनले राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका कुसुमटार क्षेत्रमा सञ्चालित साेही आयोजनामा काम गर्दै आएका मजदुर तलब भत्ताको विषयलाई लिएर आन्दोलित भएपछि निर्माण कार्य ठप्प भएको छ । पारित भएको जिल्ला दररेट बराबरको पारिश्रमिक नपाएसम्म काम ठप्प पार्ने मजदुरले चेतावनी […]

लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ

काठमाडौँको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ परेका छन् । काठमाडौँखमहानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ललितपुर इमाडोल बस्ने रामेछाप […]

एसईईकाे नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा :

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईईको)  नतिजा सार्वजनिक गरेको छ ।  बाेर्डले केहीबेर अगाडि नतिजा सार्वजनिक गरेको हो । परीक्षामा ३ दशमलव ६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । यस्तै ४१ हजार ६२७ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६०, ६९ हजार ९०० जनाले २ दशमलव ८० […]