एसईईमा उत्कृष्ट नजिता ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान

एसईईमा उत्कृष्ट नजिता ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान

रामेछापको सुनापती गाउँपालिकाले एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले हिजो एक कार्यक्रमको आयोजना गरी डहु माविबाट एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई सम्मान गरेको हो ।

एसईई परीक्षा २०७८ मा नेपाल भरिकै उत्कृष्ट ४२ मध्ये दुई विद्यार्थीहरु राजन तामाङ र प्रतीक थिङले उत्कृष्ट नतिजा ४ जिपीए प्राप्त गरेका थिए । उनिहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको सुनापती गाउँपालिकाले जानकारी दिएको छ ।

साथै पालिकाले डहु माविका अंग्रेजी, बिज्ञान र गणित बिषयका बिषयगत शिक्षक तथा विद्यालयलाई सम्मानपत्र सहित सम्मान पनि गरेको छ । गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ, उपाध्यक्ष गीता विष्ट र प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले शिक्षक तथा विद्यार्थीलाई सम्मान पत्र सहित सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार