रामेछापमा लोप हुँदै परम्परागत पञ्चेबाजा

रामेछापमा लोप हुँदै परम्परागत पञ्चेबाजा

रामेछापमा पछिल्लो समय विवाह–ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने पञ्चेबाजा संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । नेपाली समुदायले परम्परागत रुपमा बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो । समुदायको पुख्यौली पेशालाई पछिल्लो पुस्ताले स्विकार नगर्दा संस्कृति नै हराउन थालेको रामेछाप सुकाजोरका पञ्चेबाजा बजाउँदै आएका स्थानियहरुको भनाई छ ।

नेपाली संस्कृतिमा शुभ कार्यका लागि साईत हेर्ने चलन छ । उक्त साईतलाई शुभ बनाउनका लागि पञ्चेबाजाका धुनहरु बजाउने गरिन्छ । पञ्चेबाजा परम्परागत रूपमा नेपाली समुदायले बजाउँदै आएको भएपनि केही समयअघि अन्य समुदायले समेत बजाउने गर्दथे । तर पछिल्लो समय गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रतिको आकर्षण घटेको छ ।

यस समुदायका ब्यक्तिहरुले पनि बाजालाई लिएर ब्यवसायीकता बन्न नसकिएको गुनासो गर्ने गरेका छन् । पञ्चेबाजा अन्र्तगत सनाइ, ट्याम्को, झुर्मा, ढोलक, नरसिंह, कर्नल र विकुललगायतका बाजाहरु पर्दछन् । पहिले एउटा समूहमा १० जनाभन्दा बढी बाजा बजाउनेको संलग्नता हुने गरेको भपनि अहिले भने यो समूह समेत खुम्चिदै जान थालेको छ ।

जसले गर्दा जातिय पहिचान बोकेको कला–संस्कृतिको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै उनीहरुले चिन्ता समेत ब्यक्त गरेका छन् । यस्ता परम्परागत बाजागाजालाई जगेर्ना गर्न स्थानिय सरकारले सहयोगी भूमिका खेलिदिनुपर्ने उनीहरुको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार