रामेछाप सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्मायो

रामेछाप सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्मायो

रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नं २ सैपुमा गाईले दुइवटा टाउको भएको बाछो जन्माएको छ ।

सैपु माझाघरका स्थानीय गोपाल प्रसाद पौडेलले पालेको गाईले दुइवटा टाउको भएको बाछो जन्माएको त्यहाँका स्थानिय रामकुमार गौतमले सामाजिक संजाल मार्फत जानकारी गराउनुभएको छ ।

हिजो पौडेलले पालेको गाई सुत्केरी हुन नसकेपछि पशु प्राविधिकलाई बोलाएर दुइवटा टाउको भएको बाछो झिकिएको थियो । बाछो भने मरेकै जन्मिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार