लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ

लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ

काठमाडौँको शान्तिनगरबाट ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एकजनासहित दुई जना पक्राउ परेका छन् । काठमाडौँखमहानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय पुरुषको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा दुई जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर इमाडोल बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका २६ वर्षीय विक्रम तामाङ र ललितपुर सातदोबाटो बस्ने सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भएका २८ वर्षीय दिनेश थापा रहेका छन् ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबबाट फर्किएका ती पुरुष बसमा एयरपोर्टदेखि ललितपुर एकान्तकुनासम्म जाने क्रममा सोही बसमा सवार अपरिचित ५ जनाको समूहले नगद लुटपाट गरी तीनकुने गैरीगाउँमा झरेर भाग्दै गरेको अवस्थामा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले लुटपाट गरेको उक्त नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । घटनामा संलग्न अन्य तीन जना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार