रामेछाप नगरपालिका मासुमा आत्मनिर्भर

रामेछाप जिल्लाको रामेछाप नगरपालिका मासुमा आत्मनिर्भर बनेको छ । ९ वटा वडाहरु रहेको नगरपालिकाको सबै वडाहरुमा पर्याप्त मात्रामा खसी,बोका,कुखुरा,बंगुर र राँगा पालन गर्ने कृषकहरु बढेसँगै नगरपालिका मासुमा आत्मनिर्भर बनेको हो । रामेछाप नगरपालिकाको रामेछाप बजारमा हरेक बिहिबार लाग्ने हाटमा धेरै ठाउँहरुबाट खसी,बोका किनमेल गर्नेको भिड लाग्ने गर्छ । रामेछाप नगरपालिकाबाट धेरै संख्यामा राजधानी काठमाडौँ सहितका […]

रामेछापको चुचुरे वालुवा टोलमा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

रामेछाप प्रहरीले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका १ चुचुरे वालुवा टोलमा प्रहरी चौकी शिवालयबाट प्रहरी हवल्दार राम इश्वर प्रसाद पालको कमाण्डमा गएको टोलीले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । चुचुरे वालुवा टोलकोे बिभिन्न स्थानमा रहेको मदिरा उत्पादन ,बेचबिखन गर्ने भट्टी पसलबाट अन्दाजी १३० लिटर अवैध […]

रामेछापमा पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

रामेछाप जिल्लामै पहिलो पटक दोरम्बा शैलुङ गाउँपालिकामा महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङले जिम्मेवारी सम्हाल्नुभएको छ । स्थानिय सरकार सन्चालनमा आएपछि जिल्लाका सबै स्थानिय तहहरुमा धेरै पुरुष प्रमुख प्रशासकिय अधिकृतहरु आएको भएपनि महिला प्रमुख प्रशासकिय अधिकृतमा पहिलो पटक तामाङले जिम्मेवारी सम्हाल्नुभएको हो । यहि साउन ११ गतेबाट दोरम्बा शैलुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी […]

रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुशल प्रशासक होम ब थापा

रामेछापको गोकुलगंगा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कुशल प्रशासक होम बहादुर थापाले जिम्मेवारी सम्हाल्नुभएको छ । यस अघि रामेछाप नगरपालिकाको योजना, अनुगमन तथा प्रशासन शाखाको प्रमुख भएर काम गर्नुभएका थापा सोमबार देखि प्रमुख प्रशासकीय अधिकृत भएर गोकुलगंगा गाउँपालिकामा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो । प्रमुख प्रशासकीय अधिकृत थापाले विधि र पद्धति भित्र रहेर नागरिकको समस्यालाई केन्द्रमा राखेर […]

वाग्मती प्रदेश सरकारद्धारा पुन २ वटा अध्यादेश जारी

वाग्मती प्रदेश सरकारले पुन: २ वटा अध्यादेश जारी गरेको छ । अघिल्लो पटक जारी गरेको अध्यादेश सदनबाट पास नभएको अवस्थामा प्रदेशले फेरि जारी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी […]

स्वदेशी चिनी कारखाना बन्द हुँदा नेपालको चिनीमा आत्मनिर्भर हुने लक्ष्य प्रभावित

देशमा सञ्चालनमा रहेका चिनी कारखाना बन्द हुँदा नेपाल, चिनी, सख्खर र उखुमा समेत परनिर्भर हुनु परेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले विदेशबाट सात अर्ब ४१ करोड १२ लाख ७६ हजार रुपयाँको चिनी आयात गरेको छ। यही अवधीमा ४९ करोड ३ लाख ३७ हजार बराबरको सख्खर आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। […]

२८ औँ विश्व आदिवासी दिवस मनाइँदै

आज २८ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । आदिवासीहरूको पहिचानसहितको अग्राधिकारका लागि गरेको आन्दोलनका उपलब्धि रक्षाका लागि जोड दिँदै यो दिवस मनाइँदैछ ।विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना […]

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ मा मनोनयन दर्ता हुने

निर्वाचन आयोगतले आगामी मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका तयार पारेको छ । आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । २३ गते निर्वाचनमा उम्मेदवारी दिनेले आफ्नो मनोनयन दर्ता गराउन पाउने छन् । प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ […]

माथिल्लो तामाकोसीको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा रामेछापका एक युवक बेपत्ता

माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा एक युवक बेपत्ता भएका भएका छन् । बेपत्ता हुनेमा रामेछाप उमाकण्ड गाउँपालिका–१ वाल्दिङका २८ वर्षीय रमेश बस्नेत रहेको प्रहरीले जनाएको छ । लप्चीमा निमार्णाधीन नासा हाईड्रोमा कार्यरत उनी बोटिङ गरेर तर्ने रुखको हाँगा भाचिएपछि बाँधमा फाल हालेका थिए । ९ जनाको समूहमा बोटिङ गरेका उनी बाँधमा […]

रामेछापको साँघुटारमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा

रामेछापको पूर्वी सिमाना पर्ने साँघुटारमा निर्माण भएको ३३ केभी सबस्टेसन सञ्चालनमा आएको छ । आठ वर्षअघि निर्माण थालिएको सबस्टेसन आइतबारदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण रामेछाप वितरण केन्द्रले जनाएको छ । मन्थलीदेखि साँघुटार पुर्‍याइएको ३३ केभी प्रसारण लाइनलाई उक्त सबस्टेसनमा पुर्‍याएर चार्ज गरिएको वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले बताउनुभयो । साँघुटार सबस्टेसनमार्फत रामेछाप जिल्लाको पूर्वी […]