रामेछापमा धेरै समय पछि कोरोना संक्रमण देखियो

रामेछापमा धेरै समय पछि कोरोना संक्रमण देखियो

रामेछापमा धेरै समय पछि आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका दश जनामा गरिएको एन्टिजेन परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

केहि महिना सुन्य रहेको कोरोना संक्रमण देशभर केहि दिनयता बढ्दै गएको छ । देशभर कोरोना संक्रमण बढिरहँदा रामेछापमा पनि धेरै समयपछि केही व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि हुन थालेको छ । अहिले जिल्लामा २ जना कोरोनाका सकृय संक्रमित रहेका छन । संकृय संक्रमित दुबै जना होमआईसोलेसमा छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार