सशस्त्र प्रहरी,रासम र स्थानियले सफा गरे विटार पार्क

सशस्त्र प्रहरी,रासम र स्थानियले सफा गरे विटार पार्क

पछिल्लो समय युवाहरुको रोजाईमा पर्ने गरेको विटार पार्कको आज सरसफाई गरिएको छ । रामेछाप नगरपालिका वडा नं ८ मा रहेको विटार पार्कमा आज सरसफाई गरिएको विटार पार्क संरक्षण समितीका अध्यक्ष सुनिल रायमाझीले समाजिक सन्जाल मार्फत जानकारी गराउनुभएको छ ।

सशस्त्र प्रहरी बल मन्थली रामेछापका प्रमुख डिएसपी केशवराज व्याकुरेल सहित सशस्त्र प्रहरी बलको टिम,रामेछापका सहयोगी मन(रासम)को टिम र बिटारका स्थानियहरुले मिलेर पार्कको सरसफाई गरेका हुन । पार्क वरपर उम्रिएका झारहरु उखेलेर फाल्नुका साथै पार्कमा निर्माण भएका विभिन्न संरचना आसपासको फोहोर जम्मा गरेर नष्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार