नमुना विद्यालय रामेछापको डहु माविका २ जनाले ल्याए ४ जीपीए

नमुना विद्यालय रामेछापको डहु माविका २ जनाले ल्याए ४ जीपीए

यसपटकको एसइइमा रामेछापको डहु माविका २ जना छात्रले ४ जीपीए ल्याएका छन । जिल्ला सदरमुकामभन्दा टाढा काभ्रे जिल्लासीमाको दुर्गम बस्ती सुनापती गाउँपालिका ४ बेथानको डहु माविमा अध्ययन गर्ने प्रतीक बल र राजन लामाले एसइई परीक्षा २०७८ मा ४ जीपीए ल्याएका छन् ।

सदरमुकामको सुविधासम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई पछि पारेर नजिता हात पारेका दुर्गमको सामुदायिक विद्यालयका ती दुई छात्र यतिबेला जिल्लाभर चर्चा भइरहेको छ । उनीहरुसँगै रहेका अर्का छात्र उद्गम बलको पनि उत्तिकै चर्चा छ । उनले ३.९६ जीपीए ल्याएका छन् ।

बेथानको डहु माविमा अध्यापन गराउने शिक्षक, व्यवस्थापन समिति र विद्यार्थी सबै साँच्चिकै मन दिएर कर्ममा जुट्छन् । त्यसैको परिणाम हो, चिटिक्क कक्षा कोठा, प्रविधिमैत्री अध्ययन, सुविधासम्पन्न छात्रबास, सुन्दर बगैंचा सहितको विद्यालय परिसर, मृदुभाषी र मेधावी शिक्षक, लगनशील विद्यार्थी बेथानका चिनारी हुन् ।

यस वर्षमात्र हैन, बेथानको डहु माविले अघिल्ला वर्षहरुमा पनि जिल्लाका अरु सामुदायिक विद्यालयभन्दा राम्रो नतिजा हात पार्दै आएको थियो । यस बर्ष भने देशका सुविधासम्पन्न निजी विद्यालयहरुकै दाँजोमा आफ्नो नतिजा ल्याउन सफल भएको छ । देशभर ४२ जनाले ४ जीपीए ल्याउँदा उक्त विद्यालयका २ जना परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार