स्वदेशी चिनी कारखाना बन्द हुँदा नेपालको चिनीमा आत्मनिर्भर हुने लक्ष्य प्रभावित

स्वदेशी चिनी कारखाना बन्द हुँदा नेपालको चिनीमा आत्मनिर्भर हुने लक्ष्य प्रभावित

देशमा सञ्चालनमा रहेका चिनी कारखाना बन्द हुँदा नेपाल, चिनी, सख्खर र उखुमा समेत परनिर्भर हुनु परेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालले विदेशबाट सात अर्ब ४१ करोड १२ लाख ७६ हजार रुपयाँको चिनी आयात गरेको छ। यही अवधीमा ४९ करोड ३ लाख ३७ हजार बराबरको सख्खर आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

सरकारले बन्द चिनि कारखाना सञ्चालन र सञ्चालनमा भएका कारखानाको ब्यवस्थापन गर्न नसक्दा उखु खेती गर्ने किसानको सङ्ख्या समेत घटिरहेको छ । पाँच वर्षमा उखु खेती गर्ने किसानको सङ्ख्या ५० प्रतिशतले घटेको छ ।

यसले परनिर्भतलाई थप बढाउँदै लैजाने अर्थविद् डा. चन्द्रमणी अधिकारीले  बताउनुभयो । यस्तै गत आर्थिक वर्षमा २२ लाख १५ हजार बराबरको १ लाख २४ हजार चार सय ७२ किलो उखुसमेत विदेशबाट आयात भएको भन्सार विभागले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार