रामेछापमा पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

रामेछापमा पहिलो महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङ

रामेछाप जिल्लामै पहिलो पटक दोरम्बा शैलुङ गाउँपालिकामा महिला प्रमुख प्रशासकिय अधिकृतमा असली माया तामाङले जिम्मेवारी सम्हाल्नुभएको छ । स्थानिय सरकार सन्चालनमा आएपछि जिल्लाका सबै स्थानिय तहहरुमा धेरै पुरुष प्रमुख प्रशासकिय अधिकृतहरु आएको भएपनि महिला प्रमुख प्रशासकिय अधिकृतमा पहिलो पटक तामाङले जिम्मेवारी सम्हाल्नुभएको हो ।

यहि साउन ११ गतेबाट दोरम्बा शैलुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएका तामाङले निती,वधि र पद्धतिमा रहेर काम गर्ने बताउनुभयो । विकासे आयोजनाहरु असार अन्तिममा मात्रै सम्पन्न गर्ने परिपाटीलाई अन्त्य गर्दै समयमै कामहरु सम्पन्न गर्ने,कर्मचारीको अभाव भएपनि भएका कर्मचारीबाट छिटो छरितो ढंगले सेवा प्रवाहको व्यवस्था मिलाउने लगायतका काम दोरम्बा शैलुङ गाउँपालिकामा हुने उहाँले बताउनुभयो ।

काभ्रेको नवबुद्ध नगरपालिका वडा नं ११ मा घर हुनुभएकी प्रमुख प्रशासकिय अधिकृत तामाङले यस अघि नुवाकोटको पन्चकन्या गाउँपालिका र काभ्रको धुलिखेल नगरपालिकामा पनि काम गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार