प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ मा मनोनयन दर्ता हुने

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि असोज २३ मा मनोनयन दर्ता हुने

निर्वाचन आयोगतले आगामी मङ्सिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका तयार पारेको छ । आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ताको मिति तोकेको छ । २३ गते निर्वाचनमा उम्मेदवारी दिनेले आफ्नो मनोनयन दर्ता गराउन पाउने छन् । प्रत्यक्षतर्फका उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ ।

त्यसैका आधारमा असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । मतपत्र छपाइको काम कात्तिक २५ सम्म सकिने पनि आयोगले जनाएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ ।

आयोगका अनुसार असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्ति गरिने, असोज २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ । प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।

मतदान सामग्री ढुवानीको काम भने कात्तिक १६ गतेबाट सुरु हुनेछ भने कात्तिक २७ गतेबाट मतपत्र ढुुुवानीको काम सुरु हुने छ । निर्वाचन कार्यतालिका अनुसार मङ्सिर १ गतेबाट मौन अवधि सुरु हुनेछ । मङ्सिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको पनि आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार