रामेछाप नगरपालिका मासुमा आत्मनिर्भर

रामेछाप नगरपालिका मासुमा आत्मनिर्भर

रामेछाप जिल्लाको रामेछाप नगरपालिका मासुमा आत्मनिर्भर बनेको छ । ९ वटा वडाहरु रहेको नगरपालिकाको सबै वडाहरुमा पर्याप्त मात्रामा खसी,बोका,कुखुरा,बंगुर र राँगा पालन गर्ने कृषकहरु बढेसँगै नगरपालिका मासुमा आत्मनिर्भर बनेको हो ।

रामेछाप नगरपालिकाको रामेछाप बजारमा हरेक बिहिबार लाग्ने हाटमा धेरै ठाउँहरुबाट खसी,बोका किनमेल गर्नेको भिड लाग्ने गर्छ । रामेछाप नगरपालिकाबाट धेरै संख्यामा राजधानी काठमाडौँ सहितका विभिन्न ठाउँमा खसी,बोका निर्यात हुने गरेको छ ।

रामेछाप नगरपालिकाको गाउँगाउँमा गएर खसी,बोका खरिद गर्नेहरुको संख्या पनि उल्लेख्य रहेको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले बताउनुभयो । पछिल्लो समय खसी,बोकासँगै व्यवसायिक रुपमा बंगुर पाल्ने कृषकहरु पनि बढेका छन ।

यहाँको बंगुर पनि राजधानी काठमाडौँ सहितका विभिन्न ठाउँमा निर्यात हुने गरेको नगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख काजी शेर्पाले बताउनुभयो ।

अहिले हरेक गाउँबस्ती अनि टोलहरुमा व्यवसायिक रुपमा ब्रोइलर,गरिराज,लेस,लोकल लगायत विभिन्न जातका कुखुरा पालन हुने गरेको छ । व्यवसायिक रुपमा कुखुरा पालन गर्ने कृषकहरु बढेसँगै रामेछाप नगरपालिकाका बजारहरुमा मासु पसल गर्ने व्यापारीहरु पनि बढेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार