तोकेअनुसार पारिश्रमिक माग गर्दै देशभरका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलनमा

श्रम ऐनले तोकेअनुसार न्यूनतम पारिश्रमिक पनि सरकारले उपलब्ध नगराएको भन्दै देशभरका सामुदायिक विद्यालयका ४० हजार लेखापाल र कार्यालय सहयोगी आन्दोलनमा उत्रिएका छन् । आ–आफ्नो ठाउँमा बसेर आवाज उठाएका उनीहरू अहिले भने पारिश्रमिक बढाउन माग गर्दै काठमाडाँै केन्द्रीत आन्दोलन चलाइरहेका छन् । गत आर्थिक वर्षको बजेट वक्तव्यमा विद्यालय कर्मचारीको तलब मासिक कम्तिमा १५ हजार पु¥याउने उल्लेख […]

लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो, न मेरो दरबार भो’(भिडियो) सहित

लोक गायक कुमार कार्कीको ‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । रामेछाप साँस्कृतिक कलाकार समाजका अध्यक्ष समेत रहेका लोक गायक कार्कीको नयाँ गित बजारमा आएको हो । ‘न मेरो घरबार भो न मेरो दरबार भो’बोलको गितमा गायक कार्की र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ […]

नविन पुलामी मगरको आवाजमा तिज गित बुढोले किन्देको सारी(भिडियो) सहित

यस वर्षको नयाँ तिज गित बुढोले किन्देको सारी सार्वजनिक भएको छ । रक्षा म्युजिक प्रालिको प्रस्तुतीमा नविन पुलामी मगर र सम्झना लामिछाने मगरको सुमधुर स्वर रहेको गितमा प्रेम सागर पौडेलको शब्द संगित रहेको छ । उर्मिला आले मगर,बिर बहादुर बलम्पाकी मगर र कुमार सारु मगरको नयाँ तिज गित बुढोले किन्देको सारी सार्वजनिक भएको हो । […]

चिरञ्जीवी डेरीको शाखा रामेछाप बजारमा खुल्यो

लामो समयदेखी रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा सन्चालमा रहेको चिरञ्जीवी डेरीले रामेछाप बजारमा पनि आफ्नो शाखा सन्चालनमा ल्याएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा आज चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रिबन काटेर चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रामेछाप नगरपालिकाले […]

रामेछाप नगरपालिकाको सहयोगमा विनोदले पाए अटेच्मेन्ट ह्वीलचेयर

रामेछाप नगरपालिकाको सहयोगमा विनोद कुमार श्रेष्ठले अटेच्मेन्ट ह्वीलचेयर पाउनुभएको छ । रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ बाट स्वीकृत वार्षिक समुदायमा आधारित पुनरस्थापना सहयोग कार्यक्रम मार्फत श्रेष्ठले अटेच्मेन्ट ह्वीलचेयर प्राप्त गर्नुभएको हो । सवारी दुर्घटनामा परी स्पाइनल कर्ड इन्जुरी हुनुभएका श्रेष्ठलाई नगरपालिकाले २ लाख ४० हजार ५ सय ६० रुपैयाँ लागतमा अटेच्मेन्ट ह्वीलचेयर खरिद गरेर हस्तान्तरण […]

आजदेखि रामेछाप सहित ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

सरकारले आजदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । यसअघि २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई खोप लगाएको सरकारले आजदेखि बाँकी ५० जिल्लाका बालबालिकालाई पनि खोप लगाउन लागेको हो । त्यसको लागि सबै तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आजदेखि आउँदो शनिबारसम्म पहिलो र यही २७ […]

खुर्कोटमा यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भैसक्दा पनि सेवा सुरु भएन

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ खुर्कोटमा यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भयो । यातायात व्यवस्था कार्यालय स्थापना भएको चार महिना भैसक्दा पनि अझै कार्यालयबाट सेवा सुरु भएको छैन । वाग्मती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले खुर्कोेटमा जेट २० गते कार्यालय स्थापना गरेको थियोे । कार्यालयको वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम […]

रामेछाप ठोसेको एकानफेदीमा बाढीले ५ घरगोठ बगायो

अविरल वर्षापछि आएको बाढीले रामेछापको गोकुलगंगा २ ठोसेको एकानफेदीमा ३ घर बगाएको छ । घर, भान्सा र चौपाय बाढीले बगाएपछि ती घरमा बसोबास गर्नेलाई अन्यत्र सारिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बिहीबार अपराह्न परेको पानीले स्थानीय ठाडो खोलाहरुमा बाढी आएको थियो । बाढीले स्थानीय सन्तोष रोका, ज्ञानबहादुर रोका र रमेश रोकाको घर बगाएको […]

बैंकिङ कसूर मुद्दामा फरार रामेछापका बुढाथोकी पक्राउ

प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने ३९ वर्षीय निरज बुढाथोकी रहेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी)ले कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ८ दिन कैद सजाय […]

जबरजस्ती करणी मुद्दामा रामेछापका भण्डारी पक्राउ

प्रहरीले जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने ४४ वर्षीय पदमध्वज भण्डारी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सल्लाघारीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि निल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले […]