जिल्ला प्रशासन कार्यालय रामेछापद्वारा दुई करोड ४० लाख राजस्व संकलन

जिल्ला प्रशासन कार्यालय रामेछापद्वारा दुई करोड ४० लाख राजस्व संकलन

जिल्ला प्रशासन कार्यालय रामेछापले दुई करोड ३९ लाख ८० हजार २ सय ७६ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले आव ०७८÷०७ को साउनदेखि असार मसान्तसम्म बाह्र महिनाको अवधिमा उक्त राजस्व संकलन भएको जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा धेरै राहदानी सेवा प्रवाहबाट राजस्व संकलन भएको छ ।

गत आर्थिक वर्षको साउनदेखि असारसम्म मात्रै राहदानी सेवा प्रवाहबाट २ करोड २१ लाख २२ हजार ५००, न्यायिक दन्ड, जरिवाना र जफत शुल्क १५ लाख ३ हजार २ सय ९१, कम्पनी संस्था रजिष्टे«सन नवीकरण शुल्क ३ लाख २० हजार २५० रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी, हातहतियार इजाजतपत्र दस्तुर २५ हजार ५ सय २५, परिक्षा दस्तुर ८ हजार २ सय र अन्य प्रशासनिक सेवा शुल्क ५ सय १० रुपैयाँ गरी उक्त राजस्व संकलन गरेको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार