रामेछापको चुचुरे वालुवा टोलमा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

रामेछापको चुचुरे वालुवा टोलमा अवैध घरेलु मदिरा बरामद गरी नष्ट

रामेछाप प्रहरीले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका १ चुचुरे वालुवा टोलमा प्रहरी चौकी शिवालयबाट प्रहरी हवल्दार राम इश्वर प्रसाद पालको कमाण्डमा गएको टोलीले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

चुचुरे वालुवा टोलकोे बिभिन्न स्थानमा रहेको मदिरा उत्पादन ,बेचबिखन गर्ने भट्टी पसलबाट अन्दाजी १३० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

उक्त अवैध घरेलु मदिरा स्थानिय जनप्रतिनिधी,बुद्दीजिवी,समाजसेवी,मेलमिलाप कर्ताहरु र आमा समुहका सदस्यहरुको रोवरमा नष्ट गरिएको रामेछाप प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार