माथिल्लो तामाकोसीको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा रामेछापका एक युवक बेपत्ता

माथिल्लो तामाकोसीको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा रामेछापका एक युवक बेपत्ता

माथिल्लो तामोकोसी जलविद्युत आयोजनाको बाँधस्थलमा बोटिङ गरेर तर्ने क्रममा एक युवक बेपत्ता भएका भएका छन् । बेपत्ता हुनेमा रामेछाप उमाकण्ड गाउँपालिका–१ वाल्दिङका २८ वर्षीय रमेश बस्नेत रहेको प्रहरीले जनाएको छ ।

लप्चीमा निमार्णाधीन नासा हाईड्रोमा कार्यरत उनी बोटिङ गरेर तर्ने रुखको हाँगा भाचिएपछि बाँधमा फाल हालेका थिए । ९ जनाको समूहमा बोटिङ गरेका उनी बाँधमा फालहालेपछि बेपत्ता भएको प्रहरीले जनाएको छ । नासा हाईड्रोका कर्मचारी समेत रहेका बस्नेतको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार