विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको कोरोनाले मृत्यु

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणका कारण विदेशमा एक सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । […]

२४ घन्टामा दुइ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

मुलुकभर थप दुइ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित जानकारीका क्रममा मन्त्रालयले पछिल्लो २४ घन्टामा दुइ सय ४६ जना सङ्क्रमित फेला परेको जनाएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । २४ […]

रामेछाप हिमगंगामा सर्पले टोक्दा एक महिलाको मृत्यु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगामा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ । आज विहान करिब ३ ः ३० बजेको समयमा हिमगंगा कुसबसेरीका अन्दाजी १९ वर्षिय रविना मगरलाई सुतिरहेको अवस्था गुर्वे नामक सर्पले टोकेको बताइको छ । बाँया हातको माझि औँलामा सर्पले टोकेर विरामी भएकी मगरलाई उपचारको लागी साँघुटारमा रहेको मेडिकलमा लगिएको […]

रामेछापका १७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६२ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ जनाको […]

भारतमा हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला

विश्वकै तेस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक भारतमा एकैदिन हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला परेका छन् । भारतमा पछिल्लो समय प्रत्येक दिन कोरोना सङ्क्रमणको नयाँ रकेर्ड कायम हुँदै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै ५७ हजार १ सय १७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना […]

पार्टी भित्रको विवाद पद प्राप्तिका लागि नभएको नेकपा अध्यक्ष प्रचण्डको भनाइ

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चलिरहेको बहस पद प्राप्तिका लागि नभएको बताउनुभएको छ । सत्तारुढ पार्टी नेकपाभित्र पछिल्लो समय चर्किएको विवादका बीचमा दाहालले पार्टीभित्र चलेको बहस पद प्राप्तिका लागि भएको भनेर गलत प्रचार गरिएको गुनासो गर्दै यस्तो बताउनुभएको हो । कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवसरमा आज ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष […]

मुलुकभर थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

मुलुकभर थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १५ जना सङ्क्रमित फेला परेको जानकारी दिनुभएको हो । सङ्क्रमितको संख्या २० हजार ८६ पुगेको छ । २४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो […]

रामेछापका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप दुई जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । रामेछापबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको ६४ जनामध्ये २ जनामा शुक्रबार कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षिय महिला र मन्थली नगरपालिका ४ का ३४ वर्षिय पुरुषमा कोरोना […]

आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । साथै मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश […]

काँग्रेसका ९ भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थप

नेपाली काँग्रेसले पदावधि सकिएका पार्टीका बिभिन्न ९ वटा भ्रातृ सङ्घको म्याद ६ महिनाका लागि थपेको छ । काँग्रेसले पार्टीको आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन हुने गरी म्याद सकिएका मितिबाट छ महिनाका लागि भ्रातृ सङ्घहरुको म्याद हिजो थप गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । काँग्रेसले नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र […]