रामेछापका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप दुई जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप दुई जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । रामेछापबाट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको ६४ जनामध्ये २ जनामा शुक्रबार कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षिय महिला र मन्थली नगरपालिका ४ का ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका निमिक्त प्रमुख जितेन्द्र कुमार कर्णले बताउनुभयो । रामेछापका २ जना कोरोना संक्रमित उपचारकै क्रममा रहेका छन भने २३ जना यसअघि नै निको भएर घर गैसकेका छन । हालसम्म रामेछाप जिल्लाबाटै पठाइएको २७ जनाको स्वाबमा कोरोना पोजेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार