मुलुकभर थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

मुलुकभर थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि

मुलुकभर थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३ सय १५ जना सङ्क्रमित फेला परेको जानकारी दिनुभएको हो । सङ्क्रमितको संख्या २० हजार ८६ पुगेको छ । २४ घन्टामा ९३ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो । योसँगै निको हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । २४ घन्टामा ६ हजार ९ सय ९३ परीक्षण गरिएको छ । मन्त्रालयका अनुुसार आज सम्म पीसीआर विधिबाट ३ लाख ८२ हजार ४९० परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५ सय ३३ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार ३३८ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार