आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । साथै मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै एक÷दुई स्थानमा भारी वर्षासमेत हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार