भारतमा हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला

भारतमा हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला

विश्वकै तेस्रो कोरोना सङ्क्रमणका कारण प्रभावित मुलुक भारतमा एकैदिन हालसम्मकै धेरै कोराना सङ्क्रमित फेला परेका छन् । भारतमा पछिल्लो समय प्रत्येक दिन कोरोना सङ्क्रमणको नयाँ रकेर्ड कायम हुँदै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा हालसम्मकै धेरै ५७ हजार १ सय १७ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १७ लाख १ हजार ३ सय ७ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ७ सय ६४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ३६ हजार ५ सय ८३ पुगेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार