रामेछाप हिमगंगामा सर्पले टोक्दा एक महिलाको मृत्यु

रामेछाप हिमगंगामा सर्पले टोक्दा एक महिलाको मृत्यु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगामा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ । आज विहान करिब ३ ः ३० बजेको समयमा हिमगंगा कुसबसेरीका अन्दाजी १९ वर्षिय रविना मगरलाई सुतिरहेको अवस्था गुर्वे नामक सर्पले टोकेको बताइको छ । बाँया हातको माझि औँलामा सर्पले टोकेर विरामी भएकी मगरलाई उपचारको लागी साँघुटारमा रहेको मेडिकलमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागी मन्थली तामाकोशी सहकारी अस्पतालमा ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार