रामेछापका १७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६२ जना क्वारेन्टिनमा

रामेछापका १७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि , ६२ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ९४ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १७ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ४ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म ५ सय ५० जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा ३२ , मन्थली नगरपालिकामा १ सय ७ , रामेछाप नगरपालिकामा ७१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ६९, दोरम्बा गाउँपालिकामा ३० , लिखुतामाकोशी उँपालिकामा ९१ र सुनापति गाउँपालिकामा २९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।

जिल्लाका ६२ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आईतबार अर्थात आजसम्म ६२ जना क्वारेन्टिनमा रहेका छन । ८ जना महिला र ५४ जना पुरुष गरि ६२ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिनुभयो । उहाँका अनु्सार अनुसार मन्थली नगरपालिकामा ३२ , गोकुलगंगा गाउँपालिकामा १२ , , लिखुतामाकोशी गाउँपालिकामा ५ र सुनापति गाउँपालिकामा १३ गरी जिल्लाभर ६२ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , उमाकुण्ड , दोरम्बा र खाँडादेवी गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार