विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको कोरोनाले मृत्यु

विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको कोरोनाले मृत्यु

विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा पछिल्लो एक सातामा २८ जना नेपालीको मृत्यु भएको छ । भारतमा २५, र साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जना नेपालीको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणका कारण विदेशमा एक सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाभाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै संघले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रक्रमित भएको उल्लेख गरिएको छ । यसैबीच संघले हालसम्म कोभिड–१९का कारण विदेशमा अलपत्र ३७ हजार चार सय २४ जनालाई सम्बन्धीत देशस्थित नेपाली दूतावास र कूटनीतिक नियोगलगायत अन्य स्थानीय निकायसँगको समन्वयमा स्वदेश फर्काइएको जनाएको छ । अलपत्र परेकालाई नेपाल फर्काउन ५४ उडानको व्यवस्था मिलाइएको पनि संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार