२४ घन्टामा दुइ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

२४ घन्टामा दुइ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

मुलुकभर थप दुइ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित जानकारीका क्रममा मन्त्रालयले पछिल्लो २४ घन्टामा दुइ सय ४६ जना सङ्क्रमित फेला परेको जनाएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ जना सङक्रमित थपिएका छन् । २४ घन्टामा एक सय ११ जना डिस्चार्ज भएका छन् ।

यो सँगै १४ हजार ६ सय तीन जना कोरोना सङक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता गौतमले २४ घन्टामा आठ हजार आठ सय ६१ परीक्षण गरिएको छ । पर्साको वीरगन्ज महानगरपालिकाका ६८ वर्षका महिलाको हिजो मृत्यु भएको प्रवक्ता गौतमले बताउनुभयो । उहाँका अनुसार ज्वरो, खोकी स्वासप्रस्वासमा समस्या भएपछि १४ गते बयोधा अस्पतालमा भर्ना भएका ती महिलालाई १७ गते हिजो नारायणीमा रिफर गर्दा बाटोमै मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार