नेपालमा विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित प्रशारणको व्यवस्था आजबाट लागु हुँदै

नेपालमा सञ्चालन हुने विज्ञापन एजेन्सीहरू अब अनिवार्य रूपमा विज्ञापन बोर्डमा दर्ता हुनुपर्ने भएको छ । सरकारले विज्ञापन नियमावली जारी गरी यो व्यवस्था गरेको हो । आजबाट नेपालभर विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित प्रशारण (क्लिफिड) को व्यवस्था लागु गर्ने निर्णयको कार्यान्वयनका लागि विज्ञापन नियमावली जारी गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यही कात्तिक […]

सात वटै प्रदेशमा गरी ६ हजार अक्सिजन सहितको बेड स्थापना गरिँदै

नोबेल कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अक्सिजनसहितको ६ हजार बेडको व्यवस्था गर्ने भएको छ । सात प्रदेशका गरि झन्डै ५० अस्पतालहरुमा अक्सिजनसहितको बेड स्थापनाका लागि मन्त्रालयले ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ समेत पठाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ को धरान स्वास्थ्य […]

बडा दशैंको आज सातांै दिन, घरघरमा फूलपाति भित्र्याइँदै

बडा दशैंको सातौँ दिन, आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभरका विभिन्न शक्तिपीठहरूमा फूलपाती भित्र्याउने दिन, नोबेल कोरोना भाइरसको महामारीका कारण विशेष सावधानी पु¥याएर विधि पु¥याइँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सरिक हुने यसवर्षको फूलपाती बढाइँ कार्यक्रम धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिने नेपाली सेनाले जनाएको छ । […]

रामेछाप सुनापतिका ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक ३ गते सुनापति गाउँपालिकाबाट पठाइएका ३६ स्वाब मध्ये ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । विहिबार राति आएको रिपोर्ट अनुसार सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष २८ का महिला ,वर्ष ६५ , १७ र ४५ का पुरुषहरुमा कोरोना […]

मानव अधिकारका लागि एकल महिला समुहद्धारा राहत बितरण

मानव अधिकारका लागि महिला एकल महिला समुह जिल्ला समिति रामेछापले जिल्लाका १३ जना बिपन्न एकल महिलाहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रामेछाप उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्याम थापा, अनमिका स्टोर्सका तेज प्रसाद(श्याम) सुबेदी, स्थानीय अप्सरा बुढाथोकी,युवराज सुबेदी निरज सापकोटा र रुद्र फुयाल लगाएतले गरेको सहयोगका कारण दशैको बेला […]

उमाकुण्ड गाउपालिकाको कार्यालयमा लगाइको ताल्चा खुल्यो

रामेछाप जिल्लाको उमाकुण्ड गाउपलिकामा स्थानीय पदम बहादुर खत्रीले बिहिबार बिहान १० बजे लगाएतको ताल्चा प्रहरी, वडा अध्यक्ष, र स्थानीयवासीको रोहबारमा मुचुल्का गरि २ घण्टा पछि खुलाइएको छ । गत ३ बर्ष अघि प्रितिको च्यादलु हुँदै भुजी सम्म जोडने सडक मा आफ्नो उपभोक्ता समिति मार्फत खन्दा खर्च भएको ३३ लाख नपाएको तर त्यहि सडकका लागि यस […]

रामेछापमा कोरोना संक्रमितको संख्या ३ सय १२ पुग्यो, ३८ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा आजसम्म २२ सय ५७ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये २ हजार ६३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ५६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि […]

रामेछापमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप १० जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक २ गते मन्थली नगरपालिकाबाट पठाइएका ७२ स्वाब मध्ये १० जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । बुधबार राति आएको रिपोर्ट अनुसार २४,४१ वर्षका विद्युतका पुरुष कर्मचारी , ५३ वर्षका सरकारी वकिलको कार्यालयका पुरुष कर्मचारी ,मन्थली नगरपालिका वडा नं १ का […]

स्थगित कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने

नोवेल कोरोनाभाइरस कोभिड–१९ काकारण स्थगितकक्षा १२ को परीक्षामंसिर ९ गतेदेखि सञ्चालनहुने भएको छ । परीक्षातालिका र कार्यविधितयार भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डाक्टर चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालनगर्न लागिएको हो ।परीक्षा समयविहान ८ बजे सुरु हुने भएको छ । शनिबार […]

रामेछापमा यात्रु सहायत कक्ष सञ्चालनमा,सवारी आवागमनमा थप कडाई

चाडपर्वलाई मध्यनजर गरेर रामेछापमा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ, तिहारलाई लक्षित गर्दै रामेछाप प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले रामेछाप सदरमुकाम मन्थली ,सेलेघाट र खिम्तीमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । दसैँ, तिहार जस्ता चाँडपर्वमा हुने यात्रुको चाप, यात्रुमा हुन सक्ने अभद्र व्यवहार, […]