नेपालमा विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित प्रशारणको व्यवस्था आजबाट लागु हुँदै

नेपालमा विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित प्रशारणको व्यवस्था आजबाट लागु हुँदै

नेपालमा सञ्चालन हुने विज्ञापन एजेन्सीहरू अब अनिवार्य रूपमा विज्ञापन बोर्डमा दर्ता हुनुपर्ने भएको छ । सरकारले विज्ञापन नियमावली जारी गरी यो व्यवस्था गरेको हो । आजबाट नेपालभर विदेशी टेलिभिजन च्यानलहरूमा विज्ञापनरहित प्रशारण (क्लिफिड) को व्यवस्था लागु गर्ने निर्णयको कार्यान्वयनका लागि विज्ञापन नियमावली जारी गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले यही कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार क्लिनफिड कडाइका साथ लागू हुने जानकारी दिनुभयो । यो व्यवस्था लागु गर्नका लागि पहिला विज्ञापन बोर्ड गठन हुनुपर्ने भएकाले सरकारले तत्काल कामचलाउ हुने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा बोर्ड गठन गरेको छ । नेपालभर हाल २ हजार २ सयभन्दा अधिक विज्ञापन एजेन्सीहरू दर्ता भइ वार्षिक १० अर्ब रूपैयाँबराबरको कारोबार गरिरहेका छन् ।

बोर्डले यस्ता विज्ञापन एजेन्सीहरूको दर्ता, अनुगमन, विज्ञापन जाँचपास (सेन्सर) देखि सरकारी विज्ञापनहरूको रकम भुक्तानीको परीक्षणसम्म गर्ने अधिकार पाएको छ । बोर्डमा दर्ताका लागि विज्ञापनसम्बन्धि काम गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम दर्ता भएको प्रमाणपत्र, त्यसको नवीकरण प्रमाणपत्र, गत आर्थिक वर्षसम्मको कर चुक्ता प्रमाणपत्र, वार्षिक कारोबार तथा त्यस्तो एजेन्सीको पुँजी संरचना देखिने विवरणसमेत पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार