बडा दशैंको आज सातांै दिन, घरघरमा फूलपाति भित्र्याइँदै

बडा दशैंको आज सातांै दिन, घरघरमा फूलपाति भित्र्याइँदै

बडा दशैंको सातौँ दिन, आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभरका विभिन्न शक्तिपीठहरूमा फूलपाती भित्र्याउने दिन, नोबेल कोरोना भाइरसको महामारीका कारण विशेष सावधानी पु¥याएर विधि पु¥याइँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सरिक हुने यसवर्षको फूलपाती बढाइँ कार्यक्रम धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिने नेपाली सेनाले जनाएको छ ।

अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो । कोभिड १९ को सङ्क्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको बढाइँमा थोरै कार्यक्रम सामेल गरिएका छ । कार्यक्रम करिब आधा घण्टाको मात्रै हुने उहाँले बताउनुभयो । कोभिड १९ को जोखिमका कारण पाहुनाको सङ्ख्या कटौती गरी एक सय जनामा सीमित गरिएको सेनाले जनाएको छ । आजको दिन कालरात्री भगवतीको पूजा गरिन्छ । देविको उपासनाबाट कालबाट छुट्कारा पाउनुका साथै कष्ट नाश हुने, बाधा अड्चन नआउने विश्वास गरिन्छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतिकका रूपमा उखु, बेसार, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवासमेत भित्र्याइन्छ । नौ पातमा क्रमशः ब्रहृमायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार