मानव अधिकारका लागि एकल महिला समुहद्धारा राहत बितरण

मानव अधिकारका लागि एकल महिला समुहद्धारा राहत बितरण

मानव अधिकारका लागि महिला एकल महिला समुह जिल्ला समिति रामेछापले जिल्लाका १३ जना बिपन्न एकल महिलाहरुलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, रामेछाप उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्याम थापा, अनमिका स्टोर्सका तेज प्रसाद(श्याम) सुबेदी, स्थानीय अप्सरा बुढाथोकी,युवराज सुबेदी निरज सापकोटा र रुद्र फुयाल लगाएतले गरेको सहयोगका कारण दशैको बेला हातमुख जोर्न समस्या भएका एकल महिलाहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएको उक्त समुहकी अध्यक्ष प्रमिला सापकोटाले बताउनुभयो ।

राहतको प्याकेजमा ३० केजीको १ बोरा चामल २ लि खानेतेल, २ किलो दाल,१ पाकेट नुन, जिरा र धनिया लगाएतका खाद्यान्न सामाग्रीहरु रहेका छन् ।
मन्थली नगरपालिका वडा नं –१ का वडा अध्यक्ष नारायण दाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यस्तो सामाजिक कार्यमा आफु जहिले पनि सहयोग गर्न तयार रहेको भन्दै आगामी दिनमा आफु सँग पनि सहयोग मान्न अनुरोध गर्नुभयो ।

सो अबसरमा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले यो समुहले बिगत वर्ष देखिनै बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरुहेकोले बर्तमान सन्दर्भको कोरोनाको महामारी र दशैको मुखमा बिपन्न एकल महिलाहरुलाई यसरी राहत दिनु अत्यन्तै समय सान्दर्भिक भएको बताउनुभयो ।

सो अबसरमा रामेछाप उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष श्याम थापाले आफुले खानमा दुख पाएका हरुलाई यसरी सहयोग गर्न पाउदा असाध्यै खुसी लाग्ने बताउदै यस्ता खालकाअरु लाईपनि राहत दिनुपर्ने अबस्था भएमा आफु सधै तयार रहने बताउनु भयो ।  पत्रकार नवराज पथिकले जिल्लाका एकल महिलाको क्षेत्रमा कृयासिल यो समुहको सामाजिक काम प्रति खुसी हुँदै यस्तो कृयाकलापलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार