सात वटै प्रदेशमा गरी ६ हजार अक्सिजन सहितको बेड स्थापना गरिँदै

सात वटै प्रदेशमा गरी ६ हजार अक्सिजन सहितको बेड स्थापना गरिँदै

नोबेल कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर अक्सिजनसहितको ६ हजार बेडको व्यवस्था गर्ने भएको छ । सात प्रदेशका गरि झन्डै ५० अस्पतालहरुमा अक्सिजनसहितको बेड स्थापनाका लागि मन्त्रालयले ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ समेत पठाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ को धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी अस्पताल र मेची अस्पताल, प्रदेश २ को वीरगञ्जस्थित नारायणी अस्पताल, जनकपुर अस्पताल र सगरमाथा अस्पताल, बागमती प्रदेशको भरतपुर अस्पताल, हेटौँडा अस्पताल र धुलिखेल अस्पताललाई २५÷२५ बेडको हाई डिपेन्डेसी युनिट सञ्चालनका लागि बजेट पठाइएको छ ।

यस्तै, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बागलुङ अस्पताल र गोरखा अस्पताल, लुम्बिनी प्रदेशको लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत अस्पताल र जाजरकोट, सुदूरपश्चिम प्रदेशको सेती अस्पताल, महाकाली अस्पताल र डडेल्धुरा अस्पतालमा पनि २५÷२५ बेडको हाई डिपेन्डेसी युनिट सञ्चालनका लागि बजेट पठाइएको छ ।

त्यसैगरि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा सय÷सय बेडको हाइ डिपेन्डेसी युनिट सञ्चालनमा ल्याइने छ । यस्तै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, नेपाल पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, धुलिखेल अस्पताल, दहचोक अस्पताल, निजामती अस्पताल, वीरेन्द्र अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा ५०÷५० एचडीयू थपिनेछ ।

यस्तै, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, किस्ट मेडिकल कलेज, कान्ति बाल अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, शहिद गंगालाल ह्रदय केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर म्युनिसिफल अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल र अल्का अस्पतालमा २५÷२५ बेडको हाई डिपेन्डेसी युनिटको स्थापना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार