रामेछापमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

रामेछापमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप १० जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक २ गते मन्थली नगरपालिकाबाट पठाइएका ७२ स्वाब मध्ये १० जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । बुधबार राति आएको रिपोर्ट अनुसार २४,४१ वर्षका विद्युतका पुरुष कर्मचारी , ५३ वर्षका सरकारी वकिलको कार्यालयका पुरुष कर्मचारी ,मन्थली नगरपालिका वडा नं १ का १९ , ४० वर्षका पुरुष र २१ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ ।

त्यसैगरी रामेछाप नगरपालिका वडा नं ८ मा मन्थली नगरपालिका वडा नं ६ घर भएकी ३३ वर्षकी महिला , लिखुतामाकोसी गाउँपालिका वडा नं २ की ३०,३२ वर्षकी महिला , ३८ वर्षका पुरुष र वन निर्देशनालय हेटौंडाका ४५ वर्षका पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । यो सहित जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ५५ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ५२ जनामा गरी ३ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार