उमाकुण्ड गाउपालिकाको कार्यालयमा लगाइको ताल्चा खुल्यो

उमाकुण्ड गाउपालिकाको कार्यालयमा लगाइको ताल्चा खुल्यो

रामेछाप जिल्लाको उमाकुण्ड गाउपलिकामा स्थानीय पदम बहादुर खत्रीले बिहिबार बिहान १० बजे लगाएतको ताल्चा प्रहरी, वडा अध्यक्ष, र स्थानीयवासीको रोहबारमा मुचुल्का गरि २ घण्टा पछि खुलाइएको छ ।
गत ३ बर्ष अघि प्रितिको च्यादलु हुँदै भुजी सम्म जोडने सडक मा आफ्नो उपभोक्ता समिति मार्फत खन्दा खर्च भएको ३३ लाख नपाएको तर त्यहि सडकका लागि यस बर्ष पुनः टेन्डर गरिएको भन्दै उक्त सडक खन्दा खर्चभएको रकम नपाए सम्म आफुले खनेको सडक बाट पुन बाटो खन्न नदिने भन्दै आफुले पालिकामा ताल्चा लगाइदिएको खत्रीले बताउनुभयो ।

गाउपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले ३ बर्ष अघि मध्यमार्गी सडकको नाममा खनिएको सडक खत्रीले उपभोक्ता समिति मार्फत उधारोमा मनोमानि ढंगबाट जथाभावी खनेको हँुदा त्यसको पैसा नपाएको , करिब २९ लाख बरावरको काम गरेको भएपनि पटक पटक गरी त्यस सडक खनेको पैसा दिने मौखिक सहमति भइसकेको बताउनुभयो ।खत्रीले मादक पदार्थ सेवन गरी बढि मानसिक तनाव दिने, कहिले घरमा त कहिले पालिकामा आएर तथानाम गलि गलौज गर्ने गरेको पनि उहाले बताउनुभयो ।

अध्यक्ष सुनुवारले भन्नु भयो– ३ दिन देखि म बिरामी भएर घरमै आराम गरिरहेको थिए, बुधवार मादक पदार्थ सेवन गरी आएका खत्रीले मलाई मेरो पैसा कहिले दिने नत्र म पालिकामा ताल्चा लगाइदिन्छु भनेका थिए । मैलै ताल्चा लगाउने कुरा नगर पैसा यस अघिको सहमति अनुसार भुक्तानी हुन्छ भनेको थिए,मलाई फेरी तथानाम गालिगर्दै उनी हिडे । आज बिहानत मेरो, प्रमुख प्रसासकिय अधिकृत र उपाध्यक्षको कार्यकक्षमा ताल्चा लगाइदिएछन् । मैले प्रहरी, वडाअध्यक्ष र स्थानीयको रोहवरमा मुचुल्का उठाएर खोल्न भनिदिए म बिरामी भएका कारण पालिकामा जान सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार