रामेछाप सुनापतिका ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप सुनापतिका ४ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका थप ४ जनामा संक्रमण पुष्टि भएको छ । यहि कार्तिक ३ गते सुनापति गाउँपालिकाबाट पठाइएका ३६ स्वाब मध्ये ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । विहिबार राति आएको रिपोर्ट अनुसार सुनापति गाउँपालिका वडा नम्बर ५ खनियापानीका वर्ष २८ का महिला ,वर्ष ६५ , १७ र ४५ का पुरुषहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताउनुभयो । यो सहित जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार